कृष्णपुर नगरपालिकाले गर्‍यो लोपोन्मुख प्रजातिसहित ४० हजार वृक्षरोपण [भिडिओ]

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाको लगानीमा सामुदायिक वनभित्र ४० हजार भन्दा विरुवा रोपिएका छन्। नगरका तीन सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवा रोपिएका हुन।

सव डिभिजन वन कार्यालय बाणीसँगको समन्वयमा विभिन्न प्रजातिका विरुवा उत्पादन गरेर सामुदायिक वनलाई हस्तान्तरण गरिएको नगर प्रमुख हेमराज ओझाले बताए।

‘जलवायु परिवर्तन भइरहेको अवस्थामा पर्यावरण संरक्षणलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘वन कार्यालयसँग समन्वय गरेर सामुदायिक वनभित्र वृक्षारोपण गरिएको हो।’

रोपिएका बेल, चिउँरी, दालचिनी, बेद, बाँस, डाली घाँस, हर्रोबर्रो, अमलालगायत प्रजातिका विरुवा हुँर्किदै गएका छन्।

नगरपालिकामा आयुर्वेदिक औषधी केन्द्र पनि रहेकाले त्यहाँ चाहिने जडीबुटीका लागि प्रयोग हुने विरुवा पनि रोपिएको छ।

‘आयुर्वेदिक औषध नहुँदा समस्या हुने गरेको थियो। हर्रोबर्रो, अमला प्रयोग गरेर अब औषधको रुपमा प्रयोग गर्न सकिन्छ,’ नगर प्रमुख ओझाले भने।

भिडिओ


कृष्णपुर नगरपालिका–१ दोमिल्लाको ऐश्वर्य सामुदायिक वनमा २० हजार बेल, २ हजार ५ सय चिउरी, ७ हजार दालचिनीलगायत विरुवा रोपिएको नगर प्रमुख ओझाले बताए।

कृष्णपुर नगरपालिका–५ को हरियाली सामुदायिक वनमा बेदबाँसका विरुवा रोपिएका छन्। ‘नगरभित्र बेदबाँस नहुँदा बाहिरबाट चर्को मूल्य तिरेर ल्याउनु पर्ने यहाँका स्थानीयको बाध्यता छ,’ नगर प्रमुख ओझाले भने, ‘बेदबाँस तयार भएपछि अब बाहिर जानु पर्दैन। सुपथ मूल्यका यहाँका उपभोक्ताले उपभोग गर्न सक्छन्।’

कृष्णपुर नगरपालिका–२ को गड्बिजला सामुदायिक वनमा घाँस प्रजातिका विरुवा रोपिएका छन्। यो वर्ष ५० हजार विरुवा रोप्ने कृष्णपुर नगरपालिकाको तयारी छ।

पूर्व पश्चिम महेन्द्र राजमार्गसहित नगरका ग्रामीण सडकको दुवैतर्फ पनि वृक्षारोपण गर्ने योजना रहेको नगर प्रमुख ओझाले बताए। कृष्णपुर नगरपालिकाले कार्यालय हाताभित्र टनेल निर्माण गरेर विरुवा पनि उत्पादन गरिरहेको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार