रिताको कोठामा ‘ब्राउन सुगर’, उनीसँगै समातिए २ युवक

प्रकाशित:

कञ्चनपुर। कैलालीमा लागु औषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार लागू औषध बिक्री वितरण तथा सेवन भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा छापा हानेर उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

कैलारी गाउँपालिका–८ लौसाबाट सोही ठाउँ बस्ने ३० वर्षीया रिता कठरियाको कोठामा खाँनतलासी गर्दा ४३० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको थियो।

यस्तै उनकै घरमा बसिरहेका गौरीगंगा नगरपालिका–१० का २८ वर्षीय इन्द्र कठायत र गौरीगंगा–८ का ३२ वर्षीय हेम चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार