धन बहादुरको घरमा जुवा, समातिए ९ जना

प्रकाशित:

कञ्चनपुर। कैलालीमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार जानकी गाउँपालिका–२ बढरियाका धन बहादुर थारुको घरमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन।

तास खेलिरहेको अवस्थामा सोही ठाउँका ५४ वर्षीय जगत साउदसहित ९ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जुवा खालबाट नगद २१ हजार ७ सय ५ रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार