कञ्चनपुर। कैलालीमा बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

छुट्टाछुट्टै समयमा १६ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका– २ का १६ वर्षीय एक किशोर र सोही ठाउँका ७१ वर्षीय गजबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार १६ वर्षीय ती किशोरले भदौको तेस्रो हप्ता आफ्नै घरमा बोलाएर र ७१ वर्षीय मगरले चौथो हप्तामा छिमेकीको घरमा बोलाएर बलात्कार गरेको आरोप लगाइएको छ ।

१६ वर्षीया किशोरीले बिहीबार मात्रै आफूमाथि बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय टीकापुरमा जानकारी गराएकी हुन्। दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।