कर्तव्य ज्यान मुद्दामा फरार कञ्चनपुरका बल्लु पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–१० विकास बस्तीका ३५ वर्षीय बल्लु रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला अदालत कैलालीको ०७१ वैशाख २२ मा कर्तव्य ज्यान मुद्दामा रानालाई ५ बर्ष कैद सजाय तोकेको थियो।

त्यसपछि फरार उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीले रानालाई घरबाट नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार