२७ हजार नगद र ६ गड्डी ताससहित समातिए ९ जना जुवाडे

प्रकाशित:

कञ्चनपुर। कैलालीमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुरबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मोतिपुरका २५ को अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगी सहित ९ जना नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट २७ हजार ७ सय ३० रुपैयाँ नगद र ६ गड्डी तास पनि प्रहरीले बरामद गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार