कञ्चनपुर। कैलालीमा लागुऔषध खैरो हेरोइनसहित एक युवती पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोककी १९ वर्षीया रक्षा लामिछाने छिन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई धनगढी–२ भन्सार चोकबाट नियन्त्रणमा लिएको हो।

उनको साथबाट १ ग्राम १०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।