कञ्चनपुर। कञ्चनपुरको विभिन्न दुई ठाउँबाट अढाई लाख बराबरको अवैध सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–४ बसपार्क र बेदकोट नगरपालिका–१ चम्फापुरबाट भन्सार छलि गरि ल्याइएको अवैध सामान बरामद गरिएको हो।
भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २ लाख ६१ हजार ६ सय रुपैयाँ बराबरको चिनी, मिश्री, बिडी, चुरा, कुर्ती, खेलौना, गाडीका स्टिकर रोल, गाडीको स्प्रिङ लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ।