कञ्चनपुर। बैतडीमा बिहिबार एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पाटन नगरपालिका–६ का ६२ वर्षीय खडकसिंह भण्डारी मृत अवस्थामा फेला परेका हुन।
भण्डारी बुधबारदेखि बेपत्ता थिए। परिवारले प्रहरीलाई खबर गरेपछि खोजी गर्दा पाटन नगरपालिका–६ सुर्नया नदीको किनार तिपरीगाड उनको शव भेटिएको हो।
शव भेटिएको माथितिर भीर छ। भण्डारी त्यहीँ भीरबाट खसेको हुनसक्ने आशंका छ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।
मृतकको शव पोष्टमार्टम गरेर परिवारको जिम्मा लगाइएको छ।