कृष्णपुरमा बाढी पीडित २ सय २२ परिवारलाई राहत वितरण

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले बाढी पीडित नगरबासीलाई खाद्यन्न सहयोग गरेको छ।

युएई एआईडीको सहयोगमा नगरपालिकाले बाढी पीडितलाई खाद्यन्न सहयोग गरेको हो।

बुधबार एक कार्यक्रम आयोजना गरेर कृष्णपुर नगरपालिकाले वडा नं. १, २ र ३ बाढी पीडित स्थानीयलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ।

कृष्णपुर स्वास्थ्य चौकीको प्राङगणमा आयोजित राहत वितरण कार्यक्रममा बाढी पीडित २ सय २२ परिवारलाई खाद्यन्न वितरण गरिएको हो।

कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, उप प्रमुख द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टलगायत उपस्थित कार्यक्रममा बाढी पीडितलाई राहत वितरण गरिएको छ।

युएई एआईडीको सहयोगमा बाढीको पीडामा रहेको स्थानीयको राहत वितरण गरिएको नगर प्रमुख ओझाले बताए। ‘बाढीले खाद्यन्न, लत्ताकपडा बगाएर बिचल्लीमा रहेको परिवारलाई थोरै भएपनि राहत उपलब्ध गराएका छौँ,’ उनले भने।

बाँकी वडाका बाढी पीडितलाई वडा कार्यालयमै राहत सामाग्री पु¥याएर त्यहीँमार्फत वितरण गरिने उनले बताए। बाढीले प्रताडित स्थानीले राहत पाएपछि खुसी व्यक्त गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार