काठमाडौँ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बाढी पीडित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ। केन्द्रीय कमिटी सचिव डा. सुजन कडरिया र एनएमएसए राष्ट्रिय कमिटी अध्यक्ष डाक्टर पुष्पराज भामको नेतृत्वमा रहेको टोलीले रोशी खोला भुमेडाँडा लगायतका क्षेत्रमा पुगेर स्वास्थ्य जाँच गरेका छन्।
शिविरमा २१३ जनालाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरिएको छ। डाक्टर भामले जानकारी गराउँदै भने, “शिविरमा स्वास्थ्य परीक्षणसँगै औषधि र राहत सामग्रीको वितरण पनि गरिएको छ।”
अनेरास्ववियु काभ्रेको संयोजनमा आयोजित यो स्वास्थ्य शिविरले बाढीले प्रभावित जनताको स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।