बसपार्कको पान पसलमा भेटियो खैरो हेरोइन!

प्रकाशित:

कञ्चनपुर। कैलालीमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

मंगलबार बेलुकी इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–२ कान्छि बजारबाट सोही लम्कीचुहा–१ का १९ वर्षीय हेमन्त बिष्ट पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनको साथबाट १६० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ। मंगलबार राति गोदावरी नगरपालिका–१ अत्तरियाबाट खैरो हेरोइनसहित एक जना व्यापारी पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी–१ अत्तरिया का ४० वर्षीय धर्मानन्द भट्टलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

भट्टले अत्तरिया बसपार्कमा सञ्चालन गरेको पान पसलको काउण्टरमा लुकाइ राखेको अवस्थामा ६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार