बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति: सरकारको प्रारम्भिक अनुमान

प्रकाशित:

काठमाडौं। असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोले नेपालमा १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै मुख्य सचिव एकनारायण अर्यालले यस बाढीको कारणले २२४ जनाको मृत्यु भएको, २४ जना बेपत्ता र १५८ जना घाइते भएको जानकारी दिए।

प्रारम्भिक रिपोर्ट अनुसार, बाढी, पहिरो र डुवानका कारण खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड, सडक पूर्वाधारमा २ अर्ब ५२ करोड, उर्जामा ४ अर्ब, सिँचाइमा २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ। कृषि बालीमा भएको क्षतिको विस्तृत विवरण एक महिनाभित्र उपलब्ध गराइने मुख्य सचिवले बताए।

सरकारले खोज तथा उद्दार कार्य २ दिनभित्र सम्पन्न गर्ने योजना बनाएको छ र राहत वितरणलाई एकद्धार प्रणालीमार्फत व्यवस्थित गर्ने तयारी छ। घरबारबिहीन भएका प्रभावित व्यक्तिहरूलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास निर्माण गर्नका लागि अनुमति दिने कुरा पनि जानकारीमा आएको छ।

यो घटनाले स्थानीय समुदायमा गम्भीर असर पुर्याएको छ र सरकारले आवश्यक राहत र पुनःस्थापना कार्यलाई प्राथमिकता दिँदै प्रभावित परिवारलाई सहयोग गर्ने प्रयास गरिरहेको छ। जनताका लागि यस्ता संकटमा एकता र सहकार्यको आवश्यकता रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार