जब डीआईजी चन्दले मदिरा सेवन गरेर होहल्ला मच्चाए…

प्रकाशित:

काठमाडौं। कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको छ ।

मदिरा सेवन गरेर होहल्ला मच्चाएर प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै उनलाई गृह मन्त्रालयले प्रहरी मुख्यालयमा तानेको हो ।

कर्णाली प्रदेशको जिम्मेवारी प्रहरी मुख्यालयस्थित अपराध अनुसन्धान विभागमा कार्यरत डीआईजी जनक भट्टराईलाई दिइएको छ । प्रहरी केन्द्रीय प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले चन्दलाई मुख्यालय तानिएको पुष्टि गरे ।

उनले भने, ‘प्रहरी आचरणविपरीत काम गरेको पाइएपछि चन्दलाई मुख्यालयमा तानेर उनको ठाउँमा भट्टराईलाई पठाइएको छ ।’

ताजा समाचार

सम्बन्धित समाचार