चितुवाको छाला बोकेर बजार डुलिरहेका जोशी पक्राउ

प्रकाशित:

कञ्चनपुर। बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार थलारा गाउँपालिका–८ गन्डाउनीका खगेन्द्र राज जोशी चितुवाको छालासहित पक्राउ परेका हुन।

जयपृथ्वी नगरपालिका–१० चैनपुर बजारमा पैदल हिडिरहेको अवस्थामा शंका लागेर जाँच गर्ने क्रममा जोशीको साथबाट चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा खटिएको टोलीले चितुवाको छाला बरामद गरेको हो।

सिमेन्टको कठ्ठा भित्र छाला लुकाएर हिँडिरहेको अवस्थामा प्रहरीले जाँच गरेको थियो।

प्रहरीका अनुसार ८ फिट लम्बाई भएको चितुवाको छाला, दाँत र पञ्जा सहितको नियन्त्रणमा लिइएका जोशीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार