महेन्द्रनगर । नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिमको तेस्रो कार्यकारिणी समितिमा ननिव राज जोशीको प्यानलै विजयी भएको छ ।
लोकतान्त्रिक समूह अर्थात सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का तर्फबाट जोशी र प्रोगेसिभ इन्जिनियरिङ एसोसिएशन नेपाल (पिन) बाट कौशल बहादुर बिष्ट प्यानल सहित चुनावी मैदान उत्रिएका थिए ।
भदौं २८ गते सम्पन्न नेपाल ईन्जिनियर्स एसोसिएसनको तेस्रो कार्यकारिणी समितिमा लोकतान्त्रिक समूहका नविन राज जोशी सहित उनको पुरै प्यानल ८० प्रतिशत भन्दा बढी मतले विजयी भएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवार पुर्ण कुवँर भारी मतका साथ विजय भएका छन् । केन्द्रीय सदस्यमा लोकतान्त्रिक समुहका कुवँर संग पिनका लोकेन्द्र जोशी पराजित भएका हुन् ।
एनईए सुदूरपश्चिमको तेस्रो कार्यकारिणी समितिको सभापतिमा जोशी संगै उप–सभापतीमा प्रकाश उप्रेती, सचिवमा सरोज देउवा, सह–सचिवमा सौरभ कलौनी, कोषाध्यक्षमा कलेन्द्र खड्का विजयी भएका हुन् ।
यस्तै सन्तोष चन्द, करण बहादुर धामी, जनक बहादुर खड्का, रमन बडेला, इश्वर ओझा, खडक बहादुर रोकाया, फणिन्द्र मडै, मनोरम जोशी, हेमराज भण्डारी र राजेन्द्र साउँद सिडेनका तर्फबाट एनईए सुदूरपश्चिमको तेस्रो कार्यकारिणी समितिमा निर्वाचित भएका छन् ।