महेन्द्रनगर। राष्ट्रिय सभा सदस्य रेणु चन्दले सरकारले सुदूरपश्चिम प्रदेशलाई नजरअन्दाज गरेको आरोप लगाएकी छन्। उनले अरू प्रदेशका लागि डाक्टर पठन कोटा छुट्टयाए पनि सुदूरपश्चिम प्रदेशलाई उपेक्षित गरिएको बताइन्।
राष्ट्रिय सभा बैठकमा बोल्दै चन्दले भने, “गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अगाडि बढाइएको छ, तर हालको सरकारले यस क्षेत्रमा उचित व्यवस्था गरेको छैन।
सरकारले एमबीबीएसको कोटा बृद्धि गरेको छ, तर सुदूरपश्चिमलाई बिर्सिएको छ। विधेयक निर्णय प्रक्रियामा छ भने ढिलाइ भइरहेको छ।”
उनले थप भनिन्, “सभाका अध्यक्ष मार्फत म सरकारको ध्यानाकर्षण चाहन्छु। सरकारले बिर्सनु भएको छ कि सुदूरपश्चिम प्रदेश नेपालमा पर्छ।”
चन्दको तर्क अनुसार, सुदूरपश्चिम प्रदेशका लागि विशिष्ट ध्यान आवश्यक छ र यस क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवामा सुधार ल्याउनु पर्ने आवश्यकता छ।