महेन्द्रनगर । बैतडीमा जिप दुर्घटनामा घाइते भएकी सविना महराको मृत्यु भएको छ । मंगलबार जिप दुर्घटनामा गम्भीर घाइते भएकी सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविनाको धनगढी उपचारका क्रममा मृत्यु भएको हो ।
सुर्नया–८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सु.प.प्र.०१००ज १३५४ नम्बरको जीप मंगलबार बिहान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक सहित ५ जना घाइते भएका थिए । जीप दुर्घटना परी घाइते भएका अन्य ४ जना भने उपचार पश्चात घर फर्किसकेका छन् ।
१८ वर्षको कलिलै उमेरमा सविनाको मृत्युुले गाउँ नै शोकाकुल भएको छ ।