महेन्द्रनगर । कञ्चनपुरमा एक किशोरी बलात्कृत भएकी छिन् । कञ्चनपुरको कृष्णपुर–२ मा १७ वर्षिय किशोरी बलात्कृत भएकी हुन् । कृष्णपुर–२ का दुई युवाहरुले जबरजस्ती बलात्कार गरेको पिडित किशोरीकी आमाले बताएकी छिन् ।
कृष्णपुर–२ का २३ बर्षिया रमेश चौधरी र २७ बर्षिया सुरेश चौधरीका नाममा ईलाका प्रहरी कार्यालय झलारीमा छोरीलाई बलात्कार गरेको भन्दै पीडित किशोरीकी आमाले उजुरी दिईएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठले बताए । भदौं २१ गते साँझ किशोरीमाथि बलात्कार भएको हो ।
पीडित किशोरीकी आमाले भनिन्, ‘ ‘फोन गरेर काम छ भनि आगनमा बोलायो, मोबाइल नियन्त्रणमा लियो, जंगलमा लगेर जबरजस्ती गर्यो ।’
अष्टमी मनाउन मामाघर आएकी बिहोरी बलात्कृत भएकी हुन् । घटनामा संलग्नहरुलाई ईलाका प्रहरी कार्यालय झलारीले पक्रउ गरी छानविनका जिल्ला अदालतबाट ५ दिने म्याद थप गरेको छ । आरोपी युवाहरुलाई पिडितको उजुरीका आधारमा पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ