स्यालको टोकाईबाट कञ्चनपुरमा ६ जना घाइते

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा स्यालको टोकाइबाट ६ जना गम्भीर घाइते भएका छन् बहुला स्यालको टोकाइबाट शुक्लाफाँटा नगरपालिका–२ रानिपुरका ६ जना गम्भीर घाइते भएका हुन् । अस्थाई प्रहरी पोष्ट वन्साहाका प्रहरी नायव निरीक्षक गणेश बोहराका अनुसार घाइते हुनेमा २ जना महिला ३ जना पुरुष र १ नाबालिका रहेकी छन् ।

गाउँ नजिकैको शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट टोलमा पसेको स्यालले स्थानीय २५ वर्षीय अजय चौधरी, ३१ वर्षीय रमेश चौधरी,६३ वर्षीया गंगादेवी सिंह,६३वर्षीया वेलुदेवी पनेरु र उनकी १ वर्षीया नातिनी प्रयज्ञा पनेरुलाई टोकेको थियो। स्यालको टोकाइबाट उनीहरूको अनुहार, पेट, छाती तथा शरीरका अन्य भागमा घाउ भएको छ ।

घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको वडा नं. २ की सदस्य शान्ति विष्ट साउँदले बताइन् । उनका अनुसार स्यालले ३ बाख्रा, २ गाई र ५ कुकुरलाई समेत टोकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार