घरबाट भागेर गायिका बनेकी दीपा रोकाया: देउडा गीतको शिखरमा

प्रकाशित:

दार्चुला। आफ्नो गायनप्रतिको मोहले परिवारको सल्लाहविनै घरबाट भाग्नुभएकी देउडा गायिका दीपा रोकायाले अहिले डोटेली भाषा र संगीतलाई जीवन्त राख्दै आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ।

दीपाले पहिलो पटक गायक गोरख थापाको शब्दमा गीत गाउने मौका पाउनुभएको थियो। त्यसपछि भुवनप्रकाश बडूसँग मिलेर ‘देनतरो आइगयो कुरमुरे उज्यारो भइगो’ गीतमा आवाज दिनुभयो। यो गीत रेडियोमा बज्न थालेपछि मात्र उहाँको परिवारले छोरीले गायनमा कदम राखेको थाहा पाए।

गायन यात्रामा अघि बढ्दै, रोकायाले इराकमा १२ जना नेपाली मारिएको घटनामा आधारित लोकभाका प्रस्तुत गर्नुभयो। उहाँका ‘सम्झना छाडिगए’, ‘हैन र भिनाजु’, ‘मेरा प्यारो डडेलधुरा’, र ‘साली भेना’ जस्ता लोकप्रिय गीतहरूले श्रोतालाई आकर्षित गरेका छन्।

दीपाले तीजका गीतहरू जस्तै ‘लेकाली चोयाको डोको’, ‘बारुली कम्मर भाँच्मला छमछम नाचौँला’, ‘देउरानी जेठानी’ मा पनि आफ्नो मिठो स्वर दिइसक्नुभएको छ। घरबाट भागेर गायिका बनेकी दीपा अहिले डोटेली भाषाको एक जिउँदो स्वर बनेकी छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार