गृह मन्त्रालयको नक्कली सूचना बनाउने आशंकामा एक व्यक्ति नियन्त्रणमा

प्रकाशित:

महेन्द्रनगर । गृह मन्त्रालयको पुरानो सूचनालाई भदौ १९ गतेको (बुधबार) सार्वजनिक बिदाको सूचना बनाएर फैलाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। गृह मन्त्रालयले यो नक्कली सूचना बारे साइबर ब्युरोलाई जानकारी दिएपछि, जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी उक्त व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार ती व्यक्तिले नै उक्त फेक सूचना बनाएको पुष्टिका लागि साइबर ब्युरोसँगको समन्वयमा अनुसन्धान भइरहेको छ। “साइबर ब्युरोले ती व्यक्तिलाई होल्ड गर्नु भनेपछि हामीले नियन्त्रणमा लिएका छौं। उनी नै सूचना सम्प्रेषणमा संलग्न थिए वा थिएनन् भन्ने कुरा पुष्टि गर्न हामी अनुसन्धान गर्दैछौं,” निरीक्षक केसीले भने।

अनुसन्धान पूरा भएपछि सत्यतथ्य सार्वजनिक गरिने जानकारी पनि प्रहरी निरीक्षकले दिएका छन्। यदि उनी दोषी प्रमाणित भए, उनलाई कानूनी कारबाही गरिने छ।

नक्कली सूचनाका कारण सामाजिक सञ्जालमा केही समयको लागि भ्रम फैलिएको थियो, तर अहिले वास्तविक तथ्यहरू सार्वजनिक हुँदैछन्।

ताजा समाचार

सम्बन्धित समाचार