कञ्चनपुर। कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका-१, फटैयामा मिति २०८१।०५।१८ गते बिहान १० बजे अवैध रूपमा भन्सार छलि गरि भारतबाट ल्याइएका विभिन्न वस्तुहरू प्रहरीले नियन्त्रणमा लिएको छ।
ती वस्तुहरूमा अन्दाजी रु. ५४,३८० बराबरका पेय पदार्थ, ट्याक्टरका पाटपुर्जा, स्कुटरको ब्याट्री, र पेन्ट लगायतका सामानहरू समावेश छन्। प्रहरी चौकी फटैयाबाट खटिएको गस्ती टोलीले यी सामानहरू वेवारिसे अवस्थामा फेला पारेको हो।