करेन्ट लागेर बैतडीकी ५७ वर्षीया महिलाको मृत्यु

प्रकाशित:

बैतडी ।  पाटन नगरपालिका–६ डुङग्रा निवासी ५७ वर्षीया जानकी लुहारको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ।
आफ्नै घर नजिकै कपडा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी लुहारको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार, जानकी लुहार आफ्नो घरको आँगनमा रहेको ग्याबिङ जालीमा कपडा सुकाउँदै गर्दा अचानक करेन्ट लाग्न पुगेको थियो।
घटनापछि परिवारजन र छिमेकीहरूले उनलाई तत्कालै नजिकैको डियस मेडिकल पाटनमा पुर्‍याएका थिए। तर, चिकित्सकले उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि गरे।

ताजा समाचार

सम्बन्धित समाचार