महेन्द्रनगरमा एक व्यापारीको गोदाममा सशस्त्र प्रहरीको छापाः ५९ लाखको समान भन्सार चलान

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको एक गोदाममा बाट सशस्त्र प्रहरीले आधा करोड बढीको भन्सारछलीका अवैध समान बरामद गरेको छ ।

आइतबार साझँ (हिजो) सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीको टोलीले महेन्द्रनगरका एक व्यपारीको गोदाममा छापा हानेर ५८ लाख ३ हजार बराबरको भन्सारछलीका अवैध समान बरामद गरेको हो ।

शैलेश्वरीका इन्चार्ज एसपी खगेन्द्र चन्दका अनुसार झण्डै ५९ लाख बराबरको भन्सार चोरी छली ल्याएको अवैध समान गोदाममा राखेकै अवस्थाबाट बरामद गरेर कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी चलान गरिएको हो ।

मोबाईल डाटा केवल, चार्जर, एडप्टर, बुफर, ट्रयाक्टरका पाट्स, कपडा लगायतका समान बरामद गरिएका छन्। बरामद गरिएको समानका मालिकबारे भने सशस्त्र प्रहरीले खुलाएको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार