महेन्द्रनगर । सर्पको टोकाईले गर्दा कैलालीको धनगढीमा एक बालकको ज्यान गएको छ । धनगढी उपमहानगरपालिका–९ बनदेवी टोल बस्ने माया बि.क.का ५ वर्षीय छोरा अरुणको सर्पले टोकाईबाट ज्यान गएको हो ।
अरुण घरमा सुतिरहेको अवस्थामा विशालु सर्पले टोकेको थियो। उपचारको लागी सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा अरुणको मृत्यु भएको प्रहरीले जनाएको छ ।