सुदूरपश्चिमका पहाडी जिल्लामा समिट एयरले आजदेखि उडान भर्दै

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिममा आजदेखि समिट एयरले उडान भर्ने भएको छ । सुदूरपश्चिमका खासगरी पहाडी जिल्लाहरुमा समिट एयरले आजदेखि नियमित उडान भर्ने भएको हो ।

समिट एयरले धनगढी केन्द्र बनाएर पहाडी जिल्लामा आजदेखि नियमित उडान भर्न लागेको हो। अब हप्ताको हरेक सोमबार र विहिबार नेपालगन्जबाट धनगढी र पहाडी जिल्लामा उडान भर्ने कार्यतालिका छ।

नेपालगन्जबाट हुम्ला–सिमिकोट उडान गरेर विहान करिब ९ बजे धनगढी आउने र धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे र नेपालगन्ज उडान भर्ने तालिका बनाइएको छ।

अर्को सिमिकोटबाट धनगढी–बझाङ हुँदै नेपालगन्ज विहिबार उडान भर्ने गरी तालिका रहेको छ। सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको बिमान मौसम लगायत कारण केही समय उडान कार्य अवरुद्ध बन्न पुगेको थियो।

२०३५ सालमा धुले धावनमार्गमा हवाई उडान सुरु भएको बझाङ विमानस्थल २०६६ सालदेखि पूर्ण रुपमा बन्द थियो।

ताजा समाचार

सम्बन्धित समाचार