महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी दिल्लीराज बिष्ट अनिवार्य अवकाशमा गएका छन्।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
आइतवारबाट बिष्टसहित सुदूरपश्चिमका १३ जना प्रहरी अधिकृत अवकाशमा गएका हुन्।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
सर्वोच्च अदालतबाट तत्काललाई ३० वर्षे सेवाअवधि कायम हुने आदेश भएपछि आइतवारबाट उनीहरू अवकाशमा गएका हुन्।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी बिष्टसहितला अवकाश पाएका प्रहरी अधिकृतहरूलाई डिआईजी रविन्द्र केसीसहितका प्रहरी अधिकारीहरूले बिदाइ गरेका थिए।
कुशल अफिसरका रुपमा परिचीत बिष्टले विगतको इमान, धर्म र ज्ञानलाई समाजसेवामा उपयोग गर्ने बताएका छन्।