एनईए सुदूरपश्चिमको नेतृत्वका लागि नविन राज जोशीको टिम चुनावी मैदानमा

प्रकाशित:

महेन्द्रनगर । नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) को ३४ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन मिति नजिकिए संगै देशभर इन्जिनियरहरु चुनावी प्रचार प्रसारमा लागेका छन् ।

एनईए केन्द्रीय निर्वाचन समितिले २८ भदौंमा केन्द्र सहित प्रदेश कार्यकारिणी समितिको निर्वाचन मिति तय गरेपछि सुदू्रपश्चिम सहित देशभर इन्जिनियरहरु प्यानल सहित चुनावी प्रचार प्रसारमा लागेका छन् ।

केन्द्रले मिति तोकेअनुसार सुदूरपश्चिममा पनि नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) को निर्वाचन हुँने भएको छ । सुदूरपश्चिममा आसन्न निर्वाचनबाट विजय हासिल गर्नेहरु तेस्रो प्रदेश कार्यकारिणी समितिका पदाधिकारी एवं सदस्य हुनेछन् ।

प्रायः एनईएको निर्वाचनमा दुई समुह प्यानल सहित चुनावी मैदानमा उत्रिने गर्छन् । एमाले र माओवादी केन्द्रको संयुक्त प्यानल प्रोगेसिभ इन्जिनियरिङ एसोसिएशन नेपाल (पिन) र नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बिच प्रतिशपर्धा हुँने गर्छ ।

सुदू्रपश्चिममा एनईएको तेस्रो कार्यकारिणी समितिकालागि सिडेनबाट इन्जिनियर नविन राज जोशीको नेतृत्वमा प्यानल खडा गरिएको छ । इन्जिनियर जोशीको नेतृत्वले चुनावी प्रचार प्रसार थालेको छ ।

सिडेनका तर्फबाट सभापतीमा जोशी, उपसभापतीमा प्रकाश उप्रेती, सचिवमा सरोज देउवा, सह–सचिवमा सौरभ कलौनी, कोषाध्यक्षमा कलेन्द्र खड्का चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै सदस्यमा सन्तोष चन्द, करण बहादुर धामी, जनक बहादुर खड्का, रमन बडेला, इश्वर ओझा, खडक बहादुर रोकाया, फणिन्द्र मडै, मनोरम जोशी, हेमराज भण्डारी र राजेन्द्र साउँद सिडेनका तर्फबाट उम्मेद्धार बनेका छन् । त्यस्तै केन्द्रमा सुवास चन्द्र बरालको नेतृत्वको प्यानलमा सुदूरपचिमबाट पूर्ण कुवँर केन्द्रीय सदस्यका लागि उम्मेदवार बनेका छन् ।

शनिवार एक कार्यक्रमका विच महेन्द्रनगरमा रहेका इन्जिनियरहरु संग सिडेनका उम्मेदवारहरुले भेटघाट तथा छलफल गरेका छन् ।

उक्त कार्यक्रममा सभापती पदका उम्मेदवार जोशीले समग्रमा इन्जिनियरहरुको पेशागत हक, अधिकार, पेशागत समस्या समाधान लगाएतका क्षेत्रमा काम गर्न सिडेनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा केन्द्रीय सदस्यका उम्मेदवार पूर्ण कुवँरले स्थानिय तहमा कार्यरत इन्जिनियरहरुले थुप्रै समस्या भोग्नु परेको भन्दैँ ती समस्या केन्द्रमा पु¥याएर समाधान गर्ने प्रतिबद्धता जनाए ।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार