दार्चुलामा अवैध सामग्री बरामद

प्रकाशित:

दार्चुला। जिल्ला दार्चुलाको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वर बजारमा अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएको बिडी प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले राति ९ बजे गोकुलेश्वर बजार क्षेत्रबाट उक्त बिडीको ठूलो मात्रा वेवारिसे अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार अन्दाजी रु. ३१,००० बराबरको बिडी भारतबाट गैरकानूनी तरिकाले भन्सार छलि गरि नेपाल भित्र्याइएको थियो।

यो अवैध सामान कुनै जिम्मेवार व्यक्तिले स्विकारेको नभएकोले प्रहरीले उक्त बिडीलाई नियन्त्रणमा लिएको हो। बरामद सामग्रीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार