कञ्चनपुरको वेदकोटमा हेलो सीएम र नमस्ते मेयर कार्यक्रमको अभिमुखिकरण सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । स्वीट नेपाल कञ्चनपुरको आयोजना तथा यस्एनडीपी ए–जे (UNDP A2J) परियोजनाको सहयोगमा सञ्चालित “हेलो मुख्यमन्त्री (सीएम) र नमस्ते मेयर कार्यक्रमको सृदृढीकरण.परियोजना” को कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नं. ४ र ५ मा नागरिकहरुलाई हेलो मुख्यमन्त्रीको डिजिटल एपका बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वेदकोट नगरपालिका–४ को बछेला सामुदायिक बन उपभोक्ता समितिको हलमा भएको कार्यक्रमको अध्यक्षता स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाको अध्यक्षता र वडा सदस्य सुनादेवि बिश्वकर्मा प्रमुख अतिथि र बछेला सामुदायिक बनका अध्यक्ष बिष्णु दमाई बिशिष्ट अतिथी रहेको कार्यक्रममा ५० भन्दा बढी महिला तथा पुरुषको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यक्रम ब्यवस्थापक अमित सुनारले डिजिटल प्रविधिबाट मुख्य मन्त्री संग कसरी जोडन भन्ने बिषयमा मोवाईलको एपका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रम संचालन कार्यक्रम अधिकृत मिना आउजीले गरेकी थिईन । कार्यक्रममा जवाफदेहिता र सुसासनको बारेमा समेत सहजीकरण गरिएको थियो ।

त्यसैगरी वेदकोट नगरपालिका–४ मा वालज्योती मावीमा भएको कार्यक्रममा वडामा रहेका ८० भन्दा बढी महिला पुरुषको सहभागिता रहेको थियो ।

उनीहरुलाई एपका बारेमा जानकारी दिनका साथै जवाफदेहिता र सुसासनको बारेमा सहजीकरण समेत गरिएको थियो ।
कार्यक्रममा वडामा रहेका सरोकारवाला निकायहरुको समेत सहभागिता रहेको थियो ।

स्वीट नेपाल कञ्चनपुरले सो परियोजना अन्र्तगत वडा न ४ र ५ को बिपन्न बस्तीमा यो कार्यक्रम गरिरहेको जानकारी स्वीट नेपाल कञ्चनपुरको वेदकोट नगरपालिका वडा न ४ का सहजकर्ता पुजा पन्तले जानकारी दिएकी छिन ।

ताजा समाचार

सम्बन्धित समाचार