सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथग्रहण कार्यक्रम सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाले प्रदेश प्रमुखको कार्यालयमा गराएका हुन्।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख मियाँले आइतबार जोशीलाई मुख्य न्यायाधिवक्ताको रूपमा नियुक्त गरेका थिए। धनगढी निवासी जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा आठ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए।

शपथग्रहणपछि जोशीले आफ्नो कार्यकालमा न्याय प्रणालीलाई सुदृढ बनाउन र प्रदेशका नागरिकलाई न्याय प्राप्तिमा सहजता पुर्याउन आफू प्रतिबद्ध रहने बताए।

ताजा समाचार

सम्बन्धित समाचार