कञ्चनपुरमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित मनाइयो विश्व आदिवासी जनजाति दिवस

प्रकाशित:

तमान सिङ्ग गुरुङ ।
दोधारा । ३० औँ विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा शुक्रबार कन्चनपुरको महेन्द्रनगरमा विभिन्न जातजातिको झाँकी र थारुको सकिया नाचा तथा आदिवासी जनजातिका विभिन्न समुदायका प्रतुतिहरु देखाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ कन्चनपुरको संयोजनमा भएको तामाङ, गुरुङ, मगर, नेवार, उडाउ,थारु, राई र लिम्बू जातिका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।

ममताज पार्टी प्यालेसमा भएको कार्यक्रममा सभाध्यक्ष बिकाश श्रेष्ठ तथा प्रमुख अतिथि संविधान सभा सदस्य कृपाराम राना,विशिष्ट अतिथि संविधान सभा सदस्य दुर्गा खुना भाननिय,देविलाल चौधरी र प्रदेश सभा सदस्य माननीय बेल बहादुर राना मगर लगाएतको उपस्थिति थियो।

विश्वका आदिवासी जनजातिको एकता, ज्ञान सीप, भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण गर्ने साँकृतिक प्रदसनी थियो । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको थियो । त्यसयता आदिवासीहरुले वर्षेनि यो दिवस मनाउँदै आएका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

ताजा समाचार

सम्बन्धित समाचार