महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकको गृहजिल्लामै पुत्ला जलाइएको छ । बिहिबार साँझ नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालका कार्यक्रताहरुले गृहमन्त्री लेखको पुत्ला दहन गरेका हुन् ।
बहुमत निकट क्रान्तिकारी युवा संगठनका कार्यालय सदस्य अभिनास कुवरलाई गिरप्तार गरि हिरासतमा लिएपछि कार्यक्रताहरुले गृहमन्त्री लेखकको पुत्ला जलाएका हुन् ।
तत्काल रिहाइको माग गर्दै गृहमन्त्री लेखकको महेन्द्रनगर बजारमा पुत्लादहन गरिएको नेकपा बहुमत निकट क्रान्तिकारी युवा संगठन नेपालका सुदूरपश्चिमप्रदेश संयोजक दिवाकरले बताए ।