बैतडीसहित दुर्गमका बिरामीले केएमसी अस्पतालमा निःशुल्क उपचार पाउने

प्रकाशित:

काठमाडौं । काठमाडौंस्थित केएमसी अस्पतालले बैतडीसहित दुर्गमका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ।

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको पहलमा केएमसीले निःशुल्क उपचारको व्यवस्था गरिदिएको हो ।नेपाली कांग्रेसका नेता समेत रहनुभएका डाक्टर सुनिल कुमार शर्माले दुर्गम जिल्लाका बिपन्न नागरिकहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्ने उद्देश्यले केएमसी अस्पतालमा आई सम्पर्क गर्न हुन अनुरोध गर्नुभएको छ।

निःशुल्क उपचारका लागि सम्बन्धित जिल्ला अस्पताल वा स्वास्थ्य संस्थामा जाँच गराई रोग पहिचान भई अपरेशन गर्न पर्ने वा भर्ना भई रोगको उपचार गर्नु पर्ने विरामीहरुलाई सम्बन्धित जिल्लाका निम्नानुसारका महानुभाव संग सम्पर्क गरी उहाँहरुको सिफारिसमा तल तोकिएको मितिहरुमा काठमाडौं स्थीत केएमसी अस्पतालमा आई सम्पर्क गर्न हुन अनुरोध छ ।

यसरी उपचारका लागि आउनु हुने विरामीको अपरेशन र भर्ना भई उपचार गराउँदा अस्पताल सेवा निःशुल्क गरिने र औषधी र अन्य सामान विरामीले स्वमं व्यवस्था गर्नु पर्ने जनाएको छ।

१) गुल्मी जिल्लाका बासिन्दाले माननीय डा. चन्द्र भण्डारी तथा पार्टी सभापति खिल धोज पन्थी संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ भदौ १२ गते केएमसी आउनु पर्ने ।

२) बझाङ जिल्लाका बासिन्दाले माननीय चन्दा जोशी तथा पार्टी सभापति केदार बहादुर बोहोरा संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ भदौ १८ गते केएमसी आउनु पर्ने ।

३) बाजुरा जिल्लाका बासिन्दाले पार्टी सभापति राम सिंह रावल र त्रिबेणि गा पा का अध्यक्ष कर्णबहादुर राउत, बडिमालिका न पा का राधिका सिंह संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ भदौ २४ गते केएमसी आउनु पर्ने ।

४) ओखलढुङ्गा जिल्लाका बासिन्दाले पार्टी सभापति तथा माननीय तेजेन्द्र खनाल संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ भदौ ३२ गते केएमसी आउनु पर्ने ।

५) दैलेख जिल्लाका बासिन्दाले माननीय दिक्पाल कुमार शाही तथा पार्टी सभापति मणिराम रेग्मी संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज २ गते केएमसी आउनु पर्ने ।

६) डोटी जिल्लाका बासिन्दाले पार्टी सभापति नरेन्द्र बहादुर सिंह तथा दिपायल शिलगढी नगरपालिकाका मेयर बिजय खड्का संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज ४ गते केएमसी आउनु पर्ने ।

७) बैतडी जिल्लाका बासिन्दाले पार्टी सभापति चतुर बहादुर चन्द तथा क्षेत्रिय सभापति शिवराज भट्ट संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज ५ गते केएमसी आउनु पर्ने ।

८) रामेछाप जिल्लाका बासिन्दाले पार्टी सभापति तथा मनानीय पुर्ण बहादुर (कान्छाराम तामाङ) संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज ७ गते केएमसी आउनु पर्ने ।

९) खोटाङ जिल्लाका बासिन्दाले सुवास पोखरेल, पार्टी सभापति बिष्णु कुमार राई, उपसभापति इभन राई संग प्रत्यक्ष सम्पर्क तथा समन्वय गरी २०८१ असोज १० गते केएमसी आउनु पर्ने ।

केएमसी अस्पतालले यसअघि बैतडीसहित देशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना समेत गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार