कांग्रेसमा ३८ विभागका प्रमुख तोक्दै देउवा

प्रकाशित:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३८ विभागका प्रमुख तोक्ने तयारी गरेका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरे अनुुसारका विभागमा देउवाले प्रमुख तोक्न लागेका हुन् ।स्रोतका अनुसार देउवाले राज्य प्रशासन विभागमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागमा मधु आचार्य, स्वास्थ्य विभागमा डा. चन्द्रमोहन यादव, पूर्वआप्रवासी विभागमा दिनेश कोइराला, कृषि र किसान विभागमा उमेश श्रेष्ठ, खेलकुद विभागमा उमेशजंग रायमाझीलाई प्रमुख तोक्ने तयारी गरेका छन् ।

त्यस्तै अभिलेख, अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, पेशागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौलालाई प्रमुख बनाउन लागिएको छ । सभापति देउवा निकट एक शीर्ष तहका नेताका अनुसार ३८ विभागका प्रमुखको नाम सोमबार नै प्रकाशित गर्ने तयारी छ ।सभापति देउवा निवासमा सोमबार विहान शीर्ष नेताहरु छलफलमा बसेका थिए ।

उक्त छलफलपछि विभागका प्रमुख तोक्ने विषयमा सभापति देउवा र दुई महामन्त्रीले छुट्टै छलफल गरेका थिए ।
विधानतः महाधिवेशन भएको छ महिना भित्र विभाग र समितिहरु गठन भइसक्नुपर्छ । हालसम्म १७ वटा मात्रै विभागका गठन गरिएको छ । गठन भएका विभागले समेत पूर्णता पाउन सकेका छैनन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार