मुख्यमन्त्री सोडारीलाई सत्ता पक्षकै सांसदले लगाए संसद् छलेको आरोप

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सत्ता पक्षकै सांसदले संसद् छलेको आरोप लगाएका छन् ।

आज आइतबार बसेको प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले सरकारले संसद् छलिरहेको बताएका हुन् ।

सांसद ओलीले भने, ‘सरकार के का लागि ? सत्ता के का लागि ? यहाँ सयौँको सङ्ख्यामा नागरिकहरू बाढी र पहिरोबाट प्रभावित छन् । धनजनको क्षति भएको छ । सुदूरपश्चिममा मैले भन्नैपर्छ, सुदूरपश्चिमको अवस्थाबारे सरकारले सार्वजनिक गर्नुपर्थ्यो । तर मलाई अचम्म लागिरहेको छ, किन यहाँका मुख्यमन्त्री, मन्त्रीहरू संसद छलिरहेका छन् ? जनताप्रति उत्तरदायी सरकार हुनुपर्छ भन्ने तर प्रदेश सभाप्रति उत्तरदायी नहुने सरकारलाई जनताप्रति उत्तरदायी छ भन्न सकिन्छ ?’
त्यस्तै, सांसद ओलीले अल्पमतको सरकारले कि त चाँडै विश्वासको मत लिनुपर्ने कि त, मार्ग प्रशस्त गर्नुपर्ने पनि विचार व्यक्त गरेका छन् ।

सरकारका मन्त्रीहरू सहभागी नरहेको बैठकमा नेपाली कांग्रेसका विक्रमसिंह धामी, एमालेका राजेन्द्र सिंह रावल, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी छलफलमा सहभागी भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार