अछाम । अछाममा प्रहरीले अवैध मदिरा बरामद गरेको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–३ र २ को कच्ची सडकखण्डमा अवैध घरेलु मदिरा ओसार पसार गरिरहेको अवस्थामा फेला पारेको थियो।

बिहीवार ५० लिटर र शुक्रवार १०५ लिटर गरेर १ सय ५५ लिटर अवैध (घरेल) मदिरा बरामद गरि नष्ट गरेको इलाका प्रहरी कार्यलय पञ्चदेवलले जनाएको छ। स्थानीय जनप्रतिनिधि, समाजसेवी, तथा स्थानीयको रोहबरमा मदिरा नष्ट गरिएको छ।
