बैतडीको प्रसिद्ध जगन्नाथ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ शुरु

प्रकाशित:

बैतडी । बैतडी सदरमुकामस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्र बैतडीको संयुक्त आयोजनामा मन्दिरमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी एवं कर्मचारी मिलन केन्द्रका संरक्षक भीमकान्त शर्माले जानकारी दिए । श्रावण १ गतेदेखि शुरु भएको सप्ताह ज्ञान महायज्ञ श्रावण ७ गते सम्म सञ्चालन हुनेछ ।

हरेक बर्ष जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्रका तर्फबाट जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन गर्ने परम्परा अनुसार यो बर्ष पनि सप्ताह ज्ञान महायज्ञ शुरु गरिएको हो ।

समस्त प्राणीको कल्याण र विश्व शान्तिको कामना गर्दै सप्ताह ज्ञान महायज्ञ शुरु भएको हो । सप्ताह ज्ञान महायज्ञ सञ्चालनका लागि सम्पूर्ण कर्मचारीहरुले स्वच्छेकि रुपमा चन्दा समेत प्रदान गरेका छन् ।

जगन्नाथ मन्दिरमा सञ्चालन भएको महायज्ञमा सहभागी भइ भगवत वाणी श्रवण र पुण्यप्रसाद ग्रहणका लागि आग्रह गरिएको छ । जगन्नाथ मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास समेत रही आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार