दार्चुलाको एक नगरपालिकाका २ कर्मचारी घुससहित पक्राउ

प्रकाशित:

महेन्द्रनगर । दार्चुलाको एक नगरपालिकाका दुई जना कर्मचारी घुस सहित पक्राउ परेका छन । जिल्लाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिक ४ लाख १२ हजार नगद घुस सहित पक्राउ परेका हुन ।

कृषि अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको बताईएको छ ।

उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको २ लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार