चार लाख घुस सहित नापीका सर्वेक्षक पक्राउ

प्रकाशित:

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित नापी कार्यालयका सर्वेक्षकलाई चार लाख घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले सर्वेक्षक संजिव कुमार यादव र लेखापढी व्यवसाय गर्ने रामबाबु भुजेललाई सेवाग्राहीबाट लिएको चार लाख रकमसहित बिहीबार पक्राउ गरेको जनाएको छ ।

अख्तियारले दुवैलाई घुस लिइसकेको अवस्थामा रकमसहित ललितपुर महानगरको वडा नं। १२ हनुमानस्थान, लगनखेलमा रहेको आर।बि। सेन्टरबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार