महेन्द्रनगर । चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले त्रिशूलीमा बेपत्ता दुई बसमा चालकसहित ६५ जना रहेको बताएका छन् ।
काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका चितवन नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ जना रहेका छन्।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका रासस समाचारमा उल्लेख छ।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ । उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए।