Saturday, July 13, 2024

मुकुललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न अनुशासन आयोगको सिफारिस

प्रकाशित:

काठमाडौं । रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।

रास्वपाका एक नेताका अनुसार आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार