नागरिक उन्मुक्तिकी केन्द्रीय अध्यक्ष रञ्जिताले चुनावको उधारो नतिरेपछि

प्रकाशित:

महेन्द्रनगर । रेशमलाल चौधरीकी पत्नी एवं नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले चुनावताकाको उधारो नतिरेको पाइएको छ। रञ्जिता टीकापुरमा चुनाव लड्दाको उधारो रकम नतिरेको पाइएको हो।

उनले उधारो नतिरेको भन्दै टीकापुर नगरपालिकाको न्यायिक समितिमा उजुरीसमेत परेको छ। रञ्जिताले उधारो नतिरेको भन्दै टीकापुर नगरपालिका वडा नं। १ बम ब्रदर्सका प्रनितिधि राजकुमार चौधरीले उजुरी हालेका हुन्।

उनले २०७९ मंसिर ०४ गते भएको आम निर्वाचनमा संघिय सांसदमा रञ्जिता श्रेष्ट र प्रदेश सभा सभासदमा लक्ष्मणकिशोर चौधरीले चुनाव लड्दा उधारो मागेका थिए।

चुनावी मैदानमा उनीहरूले कार्यकर्ता परिचालनका लागि मोटरसाईकल, जिप, ट्याक्टर प्रयोग गर्दा बम ब्रदर्स टिकापुरबाट पेट्रोल, डिजेलसमेतको गरेर एक लाख अठतीस हजार तीन सय छ रुपैया बराबरको उधारो लिएका थिए।

सो रकममध्ये हालसम्म अठसठ्ठी हजार पाँच सय रुपैया भुक्तानी नभएको भन्दै उजुरी हालिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार