कञ्चनपुरको एक वडा कार्यालयबाट कम्प्युटर सेट चोरी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको एक वडा कार्यालयबाट कम्प्युटर सेट चोरी भएको छ । जिल्लाको लालझाँडी गाउँपालिका वडा नं. ५ देखतभुलीको कार्यालयको कम्प्युटर सेट चोरी भएको हो ।

शानिबार वडा कार्यालयको ढोकामा लगाएको ताल्चा फुटाएर कोठामा राखिएको कम्प्युटर सेट चोरी भएको वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन् ।

हाल वडा कार्यालयको अस्थायी भवन कार्यालय भएको हुनाले सिसिटिभी क्यामेरा जडान नगरिएका हुनाले चोरले मौका पाएको हुनसक्ने वडाध्यक्ष थापाले बताए ।

आइतबार बिहान वडा कार्यालय खोल्ने क्रममा अगाडीपट्टीको ढोका फोड्न खोजिएको भेटिएको थियो । पछि चेकजाँच गर्दा पछाडीको ढोका फुटाएर एक थान कम्प्युटर सेट, र एक पानी फिल्डर मेसिन चोरी भएको वडा अध्यक्ष थापाले बताए ।

उक्त घटनामा छनबिन भईरहेको अस्थायी प्रहरी पोष्ट वाणीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार