Sunday, July 21, 2024

पार्किङ गर्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कैलालीको कैलारीमा चम्पा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार कैलारी गाउँपालिका – ४ “के” गाउँका ४० वर्षीय देवल चौधरीको चम्पा ट्याक्टर पार्कीङ गर्ने क्रममा दुर्घटनामा हुँदा मृत्यु भएको हो ।

घर नजिकै पार्किङ गर्ने क्रममा चम्पा ट्याक्टर पराल राख्न गाडेको काठमा ठोकिदा दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ ।

घाटीमा चोट गम्भिर घाइते भएका चौधरीको उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीमा ल्याइएपनि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार