Saturday, July 13, 2024

मन्त्र अस्पतालद्धारा नवजात तथा बालरोग विशेषज्ञबाट पूर्णकालिन सेवा दिँदै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले अब चौविसै घण्टा नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञबाट सेवा प्रदान गर्ने भएको छ ।

अस्पतालका मेडिकल डाईरेक्टर डा। गोविन्द रोकायले अझै थप सेवा सुुविधाको साथमा असार १५ गतेबाट नवजात शिशुहरुका लागी चौविसै घण्टा डाक्टर श्रि नारायण यादवले सेवा दिने बताउनु भयो । अहिले मन्त्र अस्पतालले स्वास्थ्यको क्षेत्रमा गुणस्तरिय र सस्तोमा सेवा दिई रहेको छ ।

साथै, आईसियु, एनआईसियु, सेवा पि आई सियु, सेवा जन्डिस भएका बच्चाहरुलाई फोटो थेरेपी सेवा पनि रहेको बताउनु भयो । डाक्टर श्रि नारायण यादवले चितवन मेडिकल कलेजमा बाल रोग विभागमा सहायक प्रोफेसर भएर ३ वर्ष काम गरेको अनुभव, काठमाण्डौमा रहेको एभरेष्ट अस्पतालमा २ वर्ष कार्य अनुभव रहेको र विभिन्न अस्पतालमा विगत ६ वर्षदेखी बाल रोग संगै रहेर काम गरेको अनुभव रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार