लागुऔषध न्यूनिकरणका लागि सरोकारवालाको प्रतिबद्धता

प्रकाशित:

महेन्द्रनगर। कञ्चनपुरका सरोकारवाला निकायका प्रतिनिधीले लागुऔषध न्यूनिकरणका लागि प्रतिबद्धता जाहेर गरेका छन । जिल्लाका सरोकारवाला निकायका प्रतिनिधीले लागु औषध न्यूनिकरणका लागि प्रतिबद्धता जाहेर गरेका हुन ।

स्वीट नेपालले समाजिक विकास मन्त्रालयको सहयोगमा बुधबार महेन्द्रनगरमा आयोजना गरेको लागुऔषध न्यूनिकरणका लागि जिल्ला स्तरिय अभिमुखिकरण तथा न्यूनिकरणका लागि प्रतिबद्धता कार्यक्रममा सहभागि सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधीले कुलतलाई जरैबाट उलेख्न आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्ने सकल्प गरेका छन ।

स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले पछिल्ला दिनहरुमा कञ्चनपुर सुदूरपश्चिम सहित देशैभरी लागु औषधको बिगबिगी बढिरहेका बेला न्यूनिकरण गर्न एक निकायको पहलले मात्रै नहुने भएकाले सरोकारवाला नै जागरुक गराउनका लागि कार्यक्रम गरिएको बताए ।

गैर सरकारी संस्था कञ्चनपुरका निर्वतमान अध्यक्ष नरेश सिलालले लागु औषधको भ्वाङ नै परेकाले न्यूनिकणका लागि नागरिक समाजदेखि सरकारी निकाय जागरुक हुनुपर्नेमा जोडदिदै प्रतिबद्धता जाहेर गरेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले जिल्लाको लागु औषधको बस्तुस्थिति बारे प्रतिवेदन प्रस्तुत गर्दै न्यूनिकरणका लागि प्रहरीले कथक प्रयास गरिरहेको भन्दै प्रहरीका तर्फबाट प्रतिबद्धता जाहेर गरेका छन । महिला अगुवा भगवती थापाले लागु औषधको लतबाट सन्तान बचाउन अभिभावक जिम्मेबारी बन्नुपर्नेमा जोडदिईन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले लागु औषध निर्मुल पार्नका लागि परिवार, समाज विद्यालयदेखि सरकारी निकाय पुरै जिम्मेबार बन्नुपर्नेमा सुझाव दिएका छन । जिसस प्रमुख बोहराले बालबालिकादेखि किशोर,किशोरी युवाहरुलाई कुलतबाट बचाउन पालिका सहितका सरकारी निकायले प्रभावकारी योजना ल्याउनुपर्नेमा जोडदिए ।

जिल्लाका विद्यार्थी संघ संगठन नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी अनेरास्ववियू, प्रजातान्त्रिक विद्यार्थी संघ संगठनहरुका प्रतिनिधीहरुले समेत लागु औषध निर्मुलका लागि प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले समाजका विवित निकायका प्रतिनिधीसंग लागु औषध न्यूनिकरणका लागि संयुक्त छलफल गरिएको बताए ।

उनले एकै निकायसंग छलफल गर्दा लागु औषध न्यूनिकरणमा प्रभावकारीता नआउने भएकाले सबै सरोकारवाला निकायसंग छलफल गरेको बताए । कार्यक्रममा सरकारी तथा गैर सरकारी निकाय, युवा विद्यार्थी सहितको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार