ललित सिंह बझाङ । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री स्वर्गीय पृथ्वीबहादुर सिंहको वार्षिक पुण्य तिथिको दिन जिल्ला अस्पताल बझाङका बिरामीहरूलाइ फलफूल वितरण गरिएको छ ।
स्वर्गीय मन्त्री का जेष्ठ सुपुत्र अभिषेक बहादुर सिंहले आफ्नो बुवा मुवाको सम्झनामा जिल्ला अस्पताल बझाङका बिरामीहरूलाई फलफुल वितरण गरेका ह्न। सदरमुकाम चैनपुरमा रहेको महिला सेफ हाउसमा बस्दै आएका हिंसा पीडित महिलाहरूलाई फलफूल वितरण गरिएको हो ।
सुदूरपश्चिम सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह र उहाँकी धर्मपत्नी अमृता देवी सिंह र मन्त्री कि भाउजू जया देवी सिंहको गत असार ५ गते आजकै दिन गृह जिल्ला बझाङ आउनेक्रममा सवारी दुर्घटनामा परि निधन भएको थियो ।
फलफूल वितरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य पदका उपनिर्वाचनमा उप बिजेता अभिषेक बहादुर सिंह र कार्यक्रममा सहभागी जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले स्व मन्त्री को आत्मा शान्तिका लागि दुखि पीडितहरूलाई सान्तवना स्वरूप फलफूल वितरण गरेको बताउनु भयो साथै उहाँले स्व मन्त्री सिंहले बझाङ काँग्रेस पार्टीमा खेलेको योगदान र सामाजिक कामको समेत स्मरण गर्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागीता रहेको थियो । स्व मन्त्री सिंहका छोरा अभिषेक बहादुर सिंहले बुवा र आमाको स्मृतिमा अमृता पृथ्वी ट्रस्ट स्थापना गरेर बझाङ्गी जनताको सामाजिक काममा सेवा गर्ने भावी योजना रहेको बताउनु भएको छ । स्व नेता पृथ्वी बहादुर सिंहलाई अहिले पनि बझाङ्गी जनताहरूले स्मरण गरिरहेका छन् ।