लितल बोहरा बैतडीको । बैतडीको पाटन नगरपालिका ६ घर भएका ५१ बर्षीय बिरभान बिष्टको हत्यापछि शव व्यवस्थापनमा सहयोग गरेको आरोप दुईजनालाई पक्राउ गरेको छ । भने एक जना फरार छन् । जिल्लाको पाटन नगरपालिका-१ का बिद्यार्थी राजेन्द्र भट्टराई र सोही ठाउँका किशोर भट्टराईलाई प्रहरीले सोमबार दिउँसो डडेल्धुराबाट पक्राउ गरेको हो ।
पाटन बजारमा बसेर अध्ययन गर्ने भट्टराईद्धय २० हजार पाउने आशमा शव व्यवस्थापन गर्ने पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बिष्टको हत्या आरोपमा पक्राउ परेकी पाटन नगरपालिका ६ की मुख्य योजनाकार भागरथी बिष्टको प्रारम्भिक बयानको आधारमा थप दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पाटन नगरपालिका ६ बस्ने अटोचालक आशिष पहरी फरार रहेका प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको आशंका पाटन बजारबाट एक मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
असार १ गते रातिबाट हराएका बिरभान बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका ६ स्थित घागल खोलामा फेला परेको थियो ।
सहस्त्रलिंग आधारभूत विद्यालयमा कार्यरत शिक्षिका समेत रहेकी भागरथीले बिरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरु भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
बिष्ट ट्रक चालक समेत रहेका बुझिएको छ ।